समाचार

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्विकार गरेको छ ।

अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले रिट दरपीठ गरिदिएको हो।

सर्वोच्च अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *