काठमाण्डाैं । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणालाइ महाअभियाेग लगाइएकाे विषयमा छलफल गर्न वसेकाे एमालेकाे संसदीय दलकाे वैठकमा पाच जना सांसदले हस्ताक्षर गर्न समेत इन्कार गरेका छन।
एमाले संसदीय दलमा खाली कागजमा हस्ताक्षर गर्न लगाइएकाे थियाे।तर,हस्ताक्षर कुन प्रयाेजनकाे लागि गर्ने भनेर पाच जना सांसदले प्रश्न उठाउदै हस्ताक्षर गर्न अस्विकार गरेका छन।
हस्ताक्षर गर्न नमान्ने सांसदहरूमा भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट रहेका छन । रावलले राणाकाे पक्षमा जानै नसक्ने अडान समेत लिएका छन।उनले पत्र नै सार्वजनिक गर्दै राणाकाे पक्षमा जान नसकिने र एमसिसि पास गर्न नसकिने वताएका छन।




