रिबन

प्रचण्डलाई राप्रपाले पनि हेप्यो !

काठमाण्डौं । शुक्रवारसम्म नेकपा माओवादी केन्द्रले पुष ११ देखि १५ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तय गरेको थियो । तर अचानक शनिवार मध्यान्ह देखि माओवादीले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा बदल्यो । छलाङ हान्न माहिर माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले सम्मेनलाई महाधिवेशमा मात्र बदलेनन,कार्यक्रमको ढाचा पनि फेरे ।

तर सम्मेलनलाई अचानक किन महाधिवेशनमा बदल्नु परयो ?
शुक्रवारसम्म पाहुना नवोलाउने तयारीमा रहेका अध्यक्ष दाहाल शनिवार देखि धमाधम प्रतिपस्पर्धी पार्टीहरुलाई डाकवोलाउ गर्न तम्सिए । प्रधानमन्त्री शेरवहादुर देउवादेखि माधव नेपालसम्मलाई उनले खवर गरे । फोन मै एमाले अध्यक्ष केपी ओलीलाई पनि निमन्त्रणा गरे । तर,अनौठो संयोग आइतवार प्रज्ञा भवनको मञ्चमा माओवादीबाट छुट्टिएर अलग दल बनाएका शीर्ष नेता कोही आएनन । मोहन वैद्य,वावुराम भटटराई, नेत्रविक्रम चन्द कोही देखिएनन । वैद्यले सीपी गजुरेललाई पठाए भने जसपाबाट वावुरामको ठाउमा उपेन्द्र यादव आए । ३ बर्ष सहकार्य गरेका केपी ओली माओवादीको मञ्चमा नआउनु स्वभाविक नै थियो । किनभने एमालेको महाधिवेशनमा पनि प्रचण्ड नगइ स्थायी कमिटीका सदस्य लिलामणि पोखरेललाई पठाएका थिए ।

आइतवार ओलीले लिलामणि पोखरेलको बदला शंकर पोखरेल पठाएर तिरे । माओवादीको महाधिवेशनमा अरु त अरु राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत आएनन । कांग्रेस र एमालेको महाधिवेशन हुदा राप्रपाबाट अध्यक्ष नै शुभकामना दिन गएका थिए । हुदा हुदा लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष,राष्ट्रिय जनमोर्चाका अध्यक्ष पनि माओवादी महाधिवेशनमा आएनन । राप्रपाले महामन्त्री कुन्ती शाही,लोसपाले नेता अनिल झा,राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेल पठायो । तर महिना दिन यता भएका प्रमुख दलका सवै महाधिवेशनका प्रमुख अतिथि हुने सौभाग्य भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवादुर देउवाले पाएका छन ।

माओवादी महाधिवेशनमा संस्थापकहरुले नपत्याएपनि मञ्चमा पुगेका प्रचण्डका पुर्वसहकर्मी सीपी गजुरेलले पार्टी एकताको लागि सर्त राख्न भने भुलेनन । उनले जनयुद्ध,जनगणतन्त्र र राष्ट्रिय स्वाधिनतामा एकमत हुनुपर्ने अडान राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *