रिबन

फुटयाे साझा-विवेकशील,वागमती प्रदेश कमिटी नयाँ गठन

काठमाण्डाैं।रवीन्द्र मिश्रले साधारण सदस्यबाट समेत निकालेपछि मिलन पाण्डेले नयाँ कमिटी गठन गरेका छन।उनले वागमती प्रदेशमा युवाहरूकाे कमिटी वनाएर यसलाइ वैकल्पिक युवा संगठन भनेका छन।

मिश्रले साझा विकेकशीललाइ राजधावादी धारमा लगेपछि हामी गणतन्त्रवादी भन्दै पाण्डेल नया वैकल्पिक संगठन वनाएका हुन।साझा विवेकशीलबाट विद्राेह गर्ने नया संगठन गर्ने काम जारी छ।भर्खरै रन्जु दर्शनाले पनि मिश्रकाे पार्टी छाडेकी छिन।

पुराना राजनीतिक पार्टीले देश वनाउन सकेनन भनेर गठन भएकाे वैकल्पिक दलमा समेत विभाजन हुन थालेपछि युवाहरू भने हताेत्साहित भएका छन।मिश्रले राप्रपाकाे धार समातेकाे भन्दै उनकाे धुवादार विराेध भइरहेकाेछ।मिश्रले भने यसकाे पर्वाह नगरि पुष २७ गते देखि पृथ्वीनाराण शाहकाे सम्झनामा देशयात्रा गर्ने कार्यक्रम वनाएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *