काठमाण्डौं । नेकपा एमाले नेता भीम रावलले आफ्नै पार्टीको विरुद्धमा कडा अभिब्यक्ति दिएका छन् । लगातार सदन अवरुद्ध गर्दै आएको एमालेलाई लक्षित गर्दै उनले यो रवैया ठीक नभएको बताएका हुन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उनले पार्टीको गतिविधि ठीक नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । सदन अवरुद्ध गर्ने तर विना बहस अन्य विधेयक पास गर्दै जाने तरिका ठीक नभएको भनेर उनले हेर्दा सरकारको आलोचना गरेको जस्तो देखिएपनि खासमा आफ्नै पार्टीको दोहाेरो रणनीतिको उनले दोहोलो काढेका छन ।
उनले लेखेका छन– ‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’




