रिबन

कांग्रेस केन्द्रीय सदस्यहरूको सम्पूर्ण मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको सम्पूर्ण मतगणना आज सकिने भएको छ । १३ पदाधिकारीसहित १ सय ३२ पदका लागि मंसिर २७ गते निर्वाचन भएको थियो ।
मत गणना गर्न बाँकी केन्द्रीय सदस्यतर्फ खसरआर्य, आदिवासीरजनजाति र दलिततर्फको मतगणना अन्तिम चरणमा पुगिसकेको छ ।

मतगणना कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आज बिहीबारसम्म सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् ।
सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत नआएपछि भोलिपल्ट पुनः मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनलगत्तै मत गणना गरी नतिजा सार्वजनिक भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको क्रमशः मतगणना शुरु गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासीरजनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एकरएक जना हुने व्यवस्था छ ।

विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्नेछ । विधानमा केन्द्रीय सदस्य खुलामा ३५ जना र महिला खुलामा ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने व्यवस्था छ । जसमध्ये प्रदेश २ को खुलातर्फ दुई जना सदस्य निर्विरोध भएका थिए । प्रदेश केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासीरजनजाति कोटामा सात महिलासहित १५ जना, खसरआर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यकरअपांग कोटाबाट दुईजना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।

कांग्रेसको विधानमा सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *