काठमाण्डाैं । पुष ४ गते नेपालका ६ वटा कम्युनिष्ट पार्टी र दुइ वटा माेर्चाले संयुक्त हस्ताक्षर गरेर ८ वटा हस्ताक्षर सहित वक्तब्य जारी भयाे-एमसिसिकाे विरूद्धमा।उनीहरूले जारी गरेकाे वक्तब्यमा ६ गते देशभर विशाल जनसभा र विराेध प्रदर्शन गर्ने कुरा लेखिएकाे थियाे।
तर पुष ६ गते मंगलवार देशकाे कुन-कुन भागमा विशला सभा भयाे र यसले एमसिसिकाे विपक्षमा कस्ताे माहाैल वन्याे,स्वयम उनीहरूलाइ नै थाह भएन।किनभने मंगलवादर त्यस्ताे खास सभा जसले एमसिसि ठिक हाेइन भनेर प्रभाव पार्न सक्ने जनता सडकमा उभिएकाे देखिएन। यतिका ८ दलले भन्दा र वक्तब्य जारी गर्दा पनि किन यस्ताे भयाे त ?
खासमा,८ दल भनिएपनि नेपालका कम्युनिष्ट घटकले जारी गरेकाे बक्तब्यमा एउटै पार्टीका दुइ नेताले फरक फरक नाममा हस्ताक्षर गरेकाे भेटियाे।जस्ताे-वक्तब्यमा विचमा माेहनविक्रम सिहकाे हस्ताक्षर छ।उनले नेकपा मसालकाे महासचिव भनेर हस्ताक्षर गरेका छन। तर बक्तब्यकाे अन्तिममा हस्ताक्षर छ-चित्रवहादुर केसीकाे।उनले राष्ट्रिय जनमाेर्चा भनेर हस्ताक्षर गरेका छन।पार्टीगत रूपमा यी दुइ अलग पार्टी हुन तर मसाल कै अग्रमाेर्चा वा भनाैं चुनावी माेर्चा राजमाे हाे भन्ने कुरा राजनीति वुझने सवैलाइ थाह छ।अर्थात राष्ट्रिय जनमाेर्चाकाे माउ भनेकाे मसाल नै हाे।
कुरा यति मात्र हाेइन,वक्तब्यमा माेहन वैधकाे पनि हस्ताक्षर छ-महासचिव,नेकपा क्रान्तिकारी माअेावादी पार्टी भनेर। फेरि साेही पार्टीका अर्का नेता सीपी गजुरेलकाे पनि हस्ताक्षर छ तर अर्कै नाममा ।उनले अध्यक्ष,देशभक्त जनगणतान्त्रिक माेर्चा भनेर हस्ताक्षर गरेका छन।खासमा गजुरेल वैध पछिका नेता हुन क्रान्तिकारी माअेावादीका।
वक्तब्यमा सीपी मैनाली,ऋषि कट्टेल,विश्वभक्त दुलाल अाहुती र विप्लवकाे पनि हस्ताक्षर छ।यसरी ८ दल पुगेपनि खासमा नेपालमा ठुलाे परिवर्तन गर्न सक्ने,जनतालाइ उनीहरूले वुझने भाषामा वुझाउन सक्ने न दल छन यसमा न नेता।यसरी हेर्दा याे बक्तब्यमा जति गहिराे कुरा वाेकेकाे छ-यसलाइ न्याय गर्न सक्ने क्षमता पनि यि पार्टीमा देखिन्न।तैपनि भारीभरकम देखाउन,पार्टीकाे संख्या भने ८ पुरयाइएकाे छ।





