रिबन

कांग्रेस महाधिवेशन : पूर्वमन्त्री हृदयराम थानी एक मतले पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजीवबिक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका छन् । भने पूर्वमन्त्री हृदयराम थानी एक मतान्तरले पराजित भएका छन् । कर्णाली प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा जानकी सिंह विजयी भएकी छन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भूगोलसहित आरक्षणतर्फ थप १० जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् भने थारु महिलातर्फ कल्पना चौधरी र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा डाक्टर रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित हुँदा सुदूरपश्चिम प्रदेशबाट महिला केन्द्रीय सदस्यमाा सुशीला भट्ट विजयी भएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *