काठमाण्डौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा वीपी पुत्र डा.शशांक कोइरालाले सवै रेकर्ड तोडेका छन । अहिलेसम्म सवैभन्दा धेरै मत ल्याएर उनले केन्द्रीय सदस्य पदमा निर्वाचित भएर नयाँ रेकर्ड राखेका हुन । उनी एक्लैले ३८३६ मत पाएका छन । कुल खसेको करिव ४७ सय मत मध्ये उनले मात्र यति भारी मात्रामा मत पाएका हुन । उनको यहि मतले नै शशांक कति पपुलर रहेछन भन्ने प्रमाािण भएको छ । उनले भन्दा पहिले महामन्त्रीमा गगन थापाले भारी मतका साथ महामन्त्रीमा विजयी भएका थिए । तर गगनलाई डा.शशांकले निकै पछि छडेका छन । अघिल्लो अधिवेशनमा भने यसपटक शेरवहादुर देउवासंग सभापतिमा पराजित शेखर कोइरालाले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य जितेका थिए ।
वीपी पुत्र सर्वाधिक मत ल्याउनेमा एनपी साउद परेका छन । उनले २९३७ मत प्राप्त गरेका छन ।




