रिबन

विश्वप्रकाश शर्माले कसरी जिते ?

काठमाण्डौं । विश्वप्रकाश शर्माले आकस्मिक नतिजा निकालेका छन । शेरबहादुर देउवाले प्रवक्ता बनाएका शर्मा शेखर कोइरालाको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि प्रकाशमान सिंहको प्यानलमा महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, सभापतिमा उठेका सिंहले जम्मा साढे तीन सय मात्र मत पाएका थिए । तर, महामन्त्री उठेका शर्माले भने १९८४ मत पाएका छन । चार सय मत पनि नपाएका सभापतिका महामन्त्रीले कसरी पाए यति धेरै मत ?


खासमा विश्वप्रकाश शर्मा देउवा प्यानलबाट नै महामन्त्री बन्न चाहेका थिए । तर,उनलाई देउवाले सहमहामन्त्री बन्न आग्रह गरे । महामन्त्री घोषणा गरिसकेका शर्माले यो मञ्जुर गरेनन। यसपछि उनी कसको प्यानलमा महामन्त्री बन्ने भनेर अवसरको खोजीमा थिए । दुई महिना यता उनी शेखर कोइरालासँग निकट रहेर काम गरिरहेका थिए ।

तर,अचानक टिममा मिनेन्द्र रिजालको इन्ट्री भएपछि शर्मा प्रकाशमान सिहको प्यानलमा पुगेका थिए । प्राविधिक रुपमा शर्मा सि‌हको प्यानलमा भएपनि उनले मत भने शेखर कोइराला समुहको पाए । स्रोतका अनुसार,शर्माले कोइराला प्यानलबाट ८ सय मत पाएका छन । यता नेपाल विद्यार्थीसंघको तीनसय मत पनि उनले आफनो पोल्टामा पारेका छन ।

शर्माले कोइराला प्यानलकै हाराहारीको मत देउवा प्यानलबाट पनि पाए । सिंहको प्यानलमा रहेपनि उनले देउवा र कोइराला समुहको मतबाट महामन्त्री जिते । अन्तत उनले इतिहास रचे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *