रिबन

कांग्रेस महाधिवेशन : मतदान सकियो, ४५६२ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा भएको मतदानमा ४ हजार ५ सय ६२ मत खसेको छ । सोमबार राति भएको पहिलो चरणको चुनावमा ४६७९ मत खसेको थियो ।

सोमबार भएको मतदानमा सभापतिका उम्मेदवार रहेका कसैले पनि जीतका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाकाबीच प्रतिस्पर्धा भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *