रिबन

देउवालाई तीन उम्मेदवारको समर्थन, एक्लिए शेखर

काठमाडौं । नेपाली कांग्रेसका सभापति पदको पहिलो चरणका तीन उम्मेदवारले दोस्रो चरणमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई समर्थन भएका छन् ।

अन्तरिक छलफलपछि यसअघिका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार देउवाले बहुमत पुर्याउन ८३ मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो । साढे ३ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा बहुमत नपाएपछि देउवा सिंह र निधि निवास पुगेका थिए । छलफलपछि दुवै नेता समर्थन गर्न तयार भएका हुन् । गुरुङले पनि आन्तरिक छलफलपछि देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

मतपरीणाम अनुसार सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत, निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मत र गुरुङले २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो ।

देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी शेखर काेइरालले १ हजार ७२९ अरथात ३६ .९३ प्रतिशत मत पाएका थिए ।

यससँगै दोस्रो चरणका अर्का उम्मेदवार कोइराला एक्लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *