काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ४ हजार १ सय ७४ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।
हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १९९५ मत प्राप्त गरेका छन् । कोइरालाले १५४२ मत पाएका छन् । देउवा र कोइरालाको मतान्तर ४५३ छ ।
यसैगरी, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।




