काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत जारी मतदानको समय फेरी थपिएको छ ।
निर्वाचन समितिले साढे १० बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको भएपनि अझै केही मतदाता आउन बाँकी रहेका कारण एक घण्टा समय थप गरेको हो ।
अब साढे ११ बजेसम्म मतदानको समय तोकिएको छ । अहिलेसम्म ४ हजार ४ सय मत खसेको बताइएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि सहभागी छन् । कांग्रेसको भावी सभापतिका लागि शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरिरहेका छन् ।




