रिबन

मतदानकाे बेला डा.शेखर माथि अनेक प्रश्न

काठमाण्डाैं।कांग्रेस सभापति भएमा अझ राम्राे गठवन्धन वनाएर जान्छु भनेका डा.शेखर काेइराला यति मत माग्न ब्यस्त छन।भाेट हाल्न लाइनमा वसेका मतदाताालइ उनले मत हाल्न भनिरहेका छन।तर,यसरी मत माग्दा उनी माथि अनेक प्रश्न तेर्स्याएका छन।

नाेना काेइरालाका सन्तान डा.शेखर वल गरेर सभापतिकाे उम्मेदवार त भए तर उनले काेइराला परिवार नै सम्हाल्न सकेनन।सुजाता काेइराला उनकाे टिमबाट उछिट्टिएर प्रकाशमान सिहकाे टिममा पुगेकी छिन।चार दशकमा पहिलाे पटक काेइराला परिवार फुटेकाे छ।परिवार समेत किन समेटन नसकेकाे भनेर उनीमाथि प्रश्न तेर्सिएकाे छ।उनी निरूत्तर छन।

डा.शेखरलाइ मतदाताले अहिले अरूप्रश्न पनि गरेका छन।जस्ताे,उनी वारम्वार चुनावमा पराजित भएका छन।०६५ काे उपचुनावमा गिरिजाप्रसाद काेइरालाका प्रतापले चुनाव जितेकाे देखि वाहेक उनी विजयी भएका छैनन।गत चुनावमा लालवावुलाइ चिन्दिन भनेर अभब्यक्ति दिए तर साइकल मन्त्रीले पराजित गरिदिए।उनी लामाे समय जागीरे भएर धरानका वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा वसे।तर,विराटनगरकै चुनावमा हारिरहे।कतिसम्म अहिले प्रदेश अधिवेशनमा समेत राजीव काेइरालालाइ उम्मेदवार नवनाएर उनले गुरू घिमिरे राेजे र घिमिरले अन्तत पराजित भए।घिमिरलेलाइ कसले हरायाे ?

डा.शेखर अनटेष्टेड लिडर हुन।उमेरले उनी ७१ वर्षका भए।तर,राजनीतिमा उनी गगन थापा भन्दा जुनियर हुन।अहिलेसम्म पार्टीमा कुनै कार्यकारी पदलिएका छैनन भने राजकीय पद पनि उनले लिएका छैनन।कांग्रेस जस्ताे पार्टीकाे सभापति अनुभवी हुनुपर्छ।एमाले र माअेावादी जस्ताे दलसंग डिल गर्ने क्षमता राख्नुपर्छ।अहिले नै गठवन्धन सरकार छ तर शेखर वामहरूसंग सहकार्य गर्न सकिन्न भन्दैछन।वनेकाे सहमित भत्किने गरि अभिब्यक्ति दिने शेखरले गठवन्धन कसरी टिकाउने ? याे भत्के नयाँ गठवन्धन कसरी वनाउने ? अनेक प्रश्न छन।

डा.शेखरलाइ जब देशमा मुल मुद्धा वहशमा हुन्छ तब माैन वस्ने नेता भनेर भन्न गरिन्छ।उनका आलाेचककाे याे आलाेचना कति सही हाे ? मानिसहरू प्रश्न गर्दै भन्छन-जब नागरिकताकाे विषय आयाे,जब एमसिसि पेचिलाे भयाे,जब लिपुलेककाे कुरा आयाे शेखर माैन भए।सवैभन्दा राेचक कुरा चाहि यस्ता विषयमा पार्टी केन्द्रिय समितिमा छलफल हुदै गर्दा उनी किन कुनै वैठकमा वस्दैनन ? किन वैठक छलेर धनकुटा वस्न रूचाउँछन ?

सभापतिकाे उम्मेदवार भइरहदा पनि उनले यस्ता प्रश्नकाे जवाफ दिनुपरेकेा छ।मतदाता मन वुझाउन सके उनले जित्न पनि सक्नेछन।आफना कुरा राख्न सक्ने खुवी भएकाे नेता भएकाेले उनले मतदाताकाे मनमा रहेका यस्ता प्रश्नकाे जवाफ दिन पनि सक्नेछन।यसमाथि काेइराला वंशकाे लिगेसी पनि उनकाे काँधमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *