समाचार

काँग्रेस नेतृत्वको लागि निर्वाचन, प्रतिनिधिहरू लाइनमा

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

अहिले मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु गर्ने केन्द्रीय निर्वाचन समितिको तयारी अनुसार उनीहरु मतका लागि लाईन लाग्न सुरु गरेका हुन् ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् भने अब १३२ पदका लागि मतदान हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *