राजनीति

शेखर-शशांकसँग सुजाता फायर

काठमाण्डाैं । नेपाली कांग्रेसकाे महाधिवेशन संघार मै आइपुग्दा काेइराला परिवारमा भने झन विग्रह देखा परेकाे छ।काेइराला परिवारबाट वंशविरासत खाेसेका शेरवहादुर देउवाकाे विराेधमा रहेका काेइराला परिवार यसपटक वंश विरासत फर्काउने ध्याउन्नमा छन तर उनीहरू बीचमा दिन दिनै फाटाे बढने क्रम जारी छ।

मंसिर अन्तिम साता हुने महाधिवेशनमा सभापति उम्मेदवारी दिने तयारीमा काेइराला परिवारका तिनै जना नेताहरू रहेका छन। डा.शेखर, डा. शशांक र सुजाता काेइराला विच सहमतिकाे वातावरण निर्माणकाे लागि भएका पहलहरू खेर गएका छन । सहमति गर्दा काेहि पनि पछि नहटने भएपछि अहिले सवैजना उम्मेदवार भएका छन। तर,अहिलेकै अवस्थामा सवै उम्मेदवार हुदा शेरवहादुर देउवाले पुन सभापति जित्ने सुजाता काेइरालाकाे मुल्यांकन छ।उनले सार्वजनिक रूपमा नै यदि शेखर र शशांक विच सहमति भए आफु पछि हटने अन्यथा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन।

सवैभन्दा राेचक पक्ष के छ भने सुजाता कांग्रेस महामन्त्री डा.शशांक काेइरालासंग रिसले फायर छिन। उनले शशांकबाट पार्टी चल्दैन भनेर वताइरहेकी छिन।रामचन्द्र पाैडेललाइ अब अभिभावक भएर वस्न आग्रह गरेकी सुजाताले शशांकले महामन्त्री नै चलाउन नसकेकाे मुल्यांकन गरेकी छिन।

तर,पछि शशांकले भने सभापति दावी छाडेका छैनन।वारम्वार लञ्च मिटिङ गरेर सहमतिकाे लागि वातावरण निर्माण गरेकी सुजाता अचेल दुई काेइरालबाट चिन्तित छिन।काेइराला परिवार स्राेतका अनुसार,सुजाताले अचेल शेखर र शशांकाे भर गर्न छाडेकी छिन।उनीहरू बीच सम्वाद पनि पातलाे भइसकेकाे छ। विना सहमति चुनावमा सवै उम्मेदवार बन्नु भनेकाे जाेकर हुनु हाे भन्न थालेकी छिन। तर न सम्वाद न सहमतिकाे अवस्थाले चिन्तित सुजाता शेखर र शशांकसँग फायर हुन थालेकी छिन।आफू सहमति गर्न नसक्ने र अर्काले मिलाइदिनुपर्ने नेताले देश चलाउन नसक्ने उनकाे ठहर छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *