राजनीति

कांग्रेस बचाउन मेरो उम्मेदवारी

० क्षेत्रीय सभापतिमा तपाईंको उम्मेदवारी किन ?
– यसभन्दा अघि सञ्जयप्रकाश गुप्ताले टिके प्रथाबाट तीनपटक क्षेत्रीय सभापति चलाए । उनको कार्यकालमा यस क्षेत्रको कुनै पालिकामा कांग्रेस जिताउन सकेनन् । सांसद र प्रदेशसभामा पनि एकजना कांग्रेसले जितेको छैन । सीतादेवी यादवलाई सांसदमा मनोनित गराउन सफल भए । उनैलाई यसपटक पनि यस क्षेत्रको जिम्मेवारी दिने हो भने यस ठाउँबाट कांग्रेस बिलाउँछ । नेपाली राजनीतिमा इतिहास बोकेको राजनीतिक दल नेपाली कांग्रेसलाई यस ठाउँबाट बचाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । मेरो एक मात्र लक्ष्य कांग्रेस बचाउने हो ।

० कसरी बचाउनु हुन्छ कांग्रेस ?
– नेतृत्व परिवर्तनबाट मात्र यस क्षेत्रमा कांग्रेस बचाउन सकिन्छ । टिके प्रथाको अन्त्य गरेर स्वच्छ निर्वाचनबाट आएको नेतृत्वले मात्र कांग्रेस बचाउन सकिन्छ । नेतृत्व परिवर्तनकै लागि मेरो उम्मेदवारी हो ।

० को छ प्रतिस्पर्धी ?
– यो पटक टिके प्रथा मानिदैन, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई जिताउनुपर्छ भन्ने लाइनको हुँ । अर्को टिमबाट को आउँछ थाहा छैन ।

० जित्नु हुन्छ त ?
– यस क्षेत्रको नेतृत्व परिवर्तन मेरो मात्र चाहना होइन, यहाँका आम कांग्रेसजनको चाहना हो । अहिलेको नेतृत्व असफलसिद्ध भइसकेकाले नयाँ नेतृत्वको खोजी भएको हो । यस क्षेत्रका लागि नयाँ नेतृत्व दिनसक्ने म नै योग्य पात्र हुँ । यस क्षेत्रमा नेपाली कांग्रेसलाई जीवन्त राख्न धेरै मेहनत गरेको छु, संघर्ष र जेलनेल परेको छु, राजद्रोहको मुद्दा खेपेको छु । त्यसैले मलाई यसपटक यस क्षेत्रको नेतृत्वको जिम्मेवारी दिन्छन् भन्ने अपेक्षा राखेको छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *