रिबन

भोलि बस्नेगरी सकियो नेकपा एकिृकत समाजवादीको केन्द्रीय कमिटिको बैठक

काठमाडौं । नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटिको दोस्रो बैठक भोलि फेरी बस्नेगरी सकिएको छ ।

शनिबारबाट शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्तव्य राखेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा पार्टीको प्रभाव बढिरहेको र एमालेको साख गएको दाबी गरेका छन् ।

बैठकमा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालिन एमालेलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्न खोजेको र पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने काम गरेकाले आफूहरुले एमालेबाट विद्रोह गरेको बताएका छन् ।

महासचिव बेदुराम भुसालले जिल्लागत रिपोर्टिङको ढाँचा, प्रदेशको भावी योजना लगाएतका बारेमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *