रिबन

कांग्रेसको वडा अधिवेशनका लागि जिल्ला पुगे निर्वाचन अधिकृत

काठमाडौं । नेपाली कांग्रेसले भालि हुने वडा अधिवेशनका लागि १३ वटै जिल्लामा निर्वाचन अधिकृत पठाएको छ ।

प्रदेश नम्बर दुईका सबै जिल्ला, बाग्मतीका रसुवा र सिन्धुपाल्चोकसहितका जिल्लामा भोलि कांग्रेसले वडा अधिवेशन गर्दैछ । क्रियाशील सदस्यता विवाद समाधान नभएका कारण यसअघि तोकिएको मितिमा वडा अधिवेशन शुरु हुन नसकेका १३ जिल्लामा शनिबार वडा अधिवेशन हुँदैछ ।

कांग्रेसले मंसीर पहिलो सातासम्म तल्ला तहको सबै अधिवेशन सम्पन्न गरेर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *