रिबन

सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट राष्ट्रिय प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

महाधिवेशन प्रतिनिधिको चयन हुनु अघिल्लो दिन भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएपनि चुनाव मात्रै लोकतन्त्रको अभ्यास नभएको भन्दै सहमतिमै प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् ।

एमाले लोकतान्त्रिक पार्टी भएको र लोकतन्त्रलाई प्रणालीको रुपमा मात्रै नभएर प्रक्रिया र पद्धतिका रुपमा समेत बुझ्ने भन्दै अध्यक्ष ओलीले सहमतिमै प्रतिनिधि चयन गर्न अपिल गरेका हुन् ।

उनले भने,‘लोकतानित्रक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो । लोकतन्त्र भनेको प्रतिस्पर्धा मात्रै होइन । समझदारी अझ उन्नत स्तरको समझदारी लोकतन्त्रको अझ उन्नत अभ्यास हो । दलहरुका बिचमा प्रतिस्पर्धा हुन्छ । त्यो स्वच्छ हुनुपर्छ । दलभित्र आपसी सममmदारी सुदृढ एकताको आधार हो । पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ राष्ट्रिय प्रतिनिधि चयन गर्न आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले विधान अधिवेशनसहित वडा अधिवेशनसम्म सहमतिमै टुंगो लगाएको भन्दै महाधिवेशनको तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *