काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डोल्पा पुगेका छन् ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार उनी अर्थमन्त्री जनार्दन शर्मा र नेता शक्ति बस्नेतसँग डोल्पा पुगेका हुन् ।
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष लगायत सम्पूर्ण वडाध्यक्षहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रमका लागि प्रचण्ड डोल्पा पुगेका हुन् । दाहालका अनुसार एमालेबाट निर्वाचित भएका गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष माओवादी प्रवेश गरेका छन् ।

अध्यक्ष प्रचण्ड डोल्पाको शे–फोक्सुण्डो तालको समेत भ्रमण गरेका छन् ।




