रिबन

सिटाैलाले भने-पछि हटेकाे छैन,टिम वनाएर लडछु

काठमाण्डाैं । कांग्रेस महाधिवेशनकाे तिव्र तयारी भइरहदा पनि माैन वसेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाले वल्ल मुख खाेलेका छन।कांग्रेसमा तेस्राे धार भनेर चिनिएका सिटाैलाले याे महाधिवेशनमा पनि लडने वताएका छन।उनले यसपटक त झन टिम वनाएरै लडने वताएका छन।

सर्गवमान्य नेता गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमपछि संचारकर्मीसँगको कुराकानीमा नेता सिटौलाले आफूले टीमसहित प्रतिस्पर्धा गर्ने बताएका हुन् । १३ औं महाधिवेशनमा पनि उनी टीमसहित खडा भएका थिए । यसपालि नेतृत्वका आकांक्षी धेरै भइरहँदा सिटौलाले टीमसहित खडा हुने बताएका हुन् । उनले पटक पटक सरेको महाधिवेशनको मिति अब नसर्ने प्रतिक्रिया दिएका छन् ।

सिटौलाको यो उद्घोषले कांग्रेसभित्रको तीन धार अझै कायम रहेको स्पष्ट पारेको छ । शेरबहादुर देउवाको संस्थापन, सिटौला पक्ष र रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर सिटाैला संग रहेका गगन थापा यसपटक कताबाट चुनाव लडने भन्ने प्रष्ट छैन।अघिल्लाे पटक उनी महामन्त्री लडेका थिए र यसपटक पनि महामन्त्रीकाे घाेषणा गरेका छन तर उनले सिटाैला क्याम्प छाडेकाे वा यसमारहेकाे वताएका छैनन।

कांग्रेसमा ९ जना जति सभापतिका उम्मेदवार भइसकेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *