काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलका बिचमा भनाभन भएको छ ।
आजको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले १० बुँदे सहमतिको विषयमा भनाभन भएको हो । उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा धारणा राखेपछि अध्यक्ष ओलीले १० बुँदेको औचित्य सकिएको जवाफ दिएका थिए ।
रावलले १० बुँदेका विषयमा आफ्ना कुरा राखेपछि ओलीले कार्यदलबाट नसकेर राजीनामा दिएको भन्दै कसैलाई दोष नदिन भनेका थिए । तर उपाध्यक्ष रावलले भने आफूले कार्यदलमा बसेर काम गर्ने अबस्था बनेपछि राजीनामा दिएको जवाफ दिएका थिए ।
आजको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष ओलीले उपमहासचिव धनश्याम भुसालको समेत आलोचना गरेका थिए ।




