रिबन

मध्य दशैंमा काेराेनाबाट ८ जनाकाे मृत्यु,सवैभन्दा धेरै काठमाण्डाैंमा संक्रमित भेटिए

काठमाण्डाैं। नेपालीहरूकाे महान चाड दशैंकाे मध्यमा काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु भएकाे छ। बडा दशैं मनाउन देशकाे एक भागबाट अर्काे भागमा गएका नेपालीहरू मध्ये ८ जनाकाे काेराेना संक्रमणबाट निधन भएकाे हाे । देशब्यापी रूपमा काेराेनाकाे संक्रमण भएपनि अझै पनि यसले मानिसकाे ज्यान लिइरहेकाे छ।

काेराेना संक्रमितकाे संख्या पनि यसविचमा देखा परिरहेकाे छ।स्वास्थ्य मन्त्रालयकाे पछिल्लाे तथ्यांक अनुसार,नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *