रिबन

रामचन्द्र र डा.शेखरको महाधिवेशन भाँडने नयाँ प्रपञ्च !

काठमाण्डौं । महाधिवेशनमा होमिइसकेको नेपाली कांग्रेसमा अझै पनि स्थानीय तहको अधिवेशन जारी रहन्छ कि रोकिन्छ भन्ने वहश चलिरहेको छ । देशको अधिकांश स्थानमा स्थानीय तह अर्न्तगतको वडा अधिवेशन गरिसकेको कांग्रेसले १३ जिल्लामा अधिवेशन गर्न वाँकी रहेको छ । सक्रिय सदस्य विवादले रोकिएको यी स्थानको अधिवेशन अहिले गर्ने कि पछि भन्ने विवाद विस्तारै चुलिन थालेको छ । कांग्रेसले वुधवार मात्र असोज ९ गते वडा तहको अधिवेशन गर्ने निर्णय गरेर वाँकी पालिका तहको अधिवेशन दशैंपछि गर्ने सहमति गरेको थियो तर वुधवार नै रामचन्द्र पौडेल पक्षको अलग भेलाले भने १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर मात्र वाकी स्थानका पालिका तहको अधिवेशन गर्ने गुटगत निर्णय गरेर वस्याे ।

हरेक चार बर्षमा गर्नुपर्ने अधिवेशन साढे पाच बर्षमा गर्न लाग्दा सभापति शेरवहादुर देउवालाइ स्वेच्छारिता लादेको,अधिवेशन गर्न असक्षम भएको, भदौ २३ पछि सभापति मान्दिन भनेर अनेक लाञ्छना लगाएका वरिष्ठ नेता रामचन्द्र पौडेल नै यतिवेला विवाद भएका १३ जिल्लालाइ निउ वनाएर वाकी स्थानको समेत अधिवेशन रोक्ने तानावना वुन्न सक्रिय भएका छन । उनले मात्र होइन,सोही समुहमा रहेका डा.शेखर कोइरालाले सर्लाहीको विवादमा अमरेश कुमार सिहलाइ साथ दिदै पार्टी केन्द्रिय कार्यालयमा पुगेर सभापति देउवाले मनपरी गरेको आरोप लगाएका छन । डडेल्धुरामा मनपरी गर्नेले सर्लाहीमा पनि मनपरी गरेको उनले वताएका छन । उनको यो भनाइलाइ सांसदबाट राजीनामा दिएका अमरेशकुमार सिहले सर्लाहीमा दोहोरो विवाद भनेर मिडियावाजी गरेका छन ।
एकातिर १३ जिल्लाको अधिवेशनलाइ खोचे थापेर असोज ९ गतेको तयारी गरिसकेको अधिवेशन रोक्न घुमाउरो माग गर्ने पौडेल र कोइरालाको उदेश्य के हो ? के उनीहरु जसरी पनि महाधिवेशन रोक्ने र रोकिएको महाधिवेशनकाे दोष देउवाको थाप्लोमा हाल्ने तयारीमा छन ? घटना र क्रियाकलापले अहिले महाधिवेशन भए जित्न सकिन्न भन्ने भयले ग्रस्त पौडेल र कोइरालाले महाधिवेशन सार्ने प्रपञ्च गर्न थालेका छन । अन्यथा अघिल्लाे महाधिवेशनमा पनि केही जिल्लामा अधिवेशन नै नगरि केन्द्रिय महाधिवेशन सम्पन्न भएकाे थियाे।याे कुराकाे वेवास्ता गरि यसपटक भने अनेक वहाना गरि जसरी हुन्छ अधिवेशन धकेल्ने एकसुत्रीय अभियानमा पाैडेल-काेइराला पक्ष देखिन्छ।

उनीहरुको यो कदमलाइ आफनै वडा समेत जोगाउन नसकेका नुवाकोटका अर्जुननरसिह केसीले पनि साथ दिएका छन । तर,यता देउवाले जसरी पनि महाधिवेशन गर्ने अठाेट गरेका छन। महाधिवेशन नगरेर असक्षमकाे पगरी गुत्थु छैन भन्दै उनले निकटष्थलाइ महाधिवेशनलाइ असर पर्ने कुरा नगर्न भनेका छन।यहि सुइकाे पाएर भयभित नेताहरुले अधिवेशन रोक्न हजार प्रयत्न गरिरहेको देखिन्छ । यहि बेलामा हुम्लाका नेता जिवन शाहीले भने हिमाली जिल्लाको अधिवेशन कुनै हालतमा नरोकियोस भनेर चेवतानी दिएका छन । अहिले अधिवेशन रोकिए पछि हिउँ पर्न थाल्ने र यसपछि अधिवेशन गर्न कठिनाइ हुने वताएका छन ।

उनकाे याे चेतावनी लगत्तै वसेकाे कांग्रेसकाे वैठकले हिमाली जिल्लामा भने अधिवेशन नराेक्ने निर्णय गरेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *