देश

एक महिनामा झन्डै ४० लाख नेपालीले लगाए खोप

काठमाडौं। पछिल्लो केही दिनयता नेपालमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या ह्वात्तै बढेको छ । कांग्रेस नेतृत्वको सरकार बनेयताको एक महिनामा झन्डै ४० लाखले खोप लगाएका छन् ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जुलाईअघि अर्थात् असार १७ अघि ३७ लाख १४ हजार ९३७ डोज खोप लगाइएको थियो । देशभर जुन ३० सम्ममा ३३ लाख ५६ हजार ३ सय ३५ डोज खोप मात्रै लगाइएको थियो ।

जुलाई महिनाको अन्त्य अर्थात् जुलाई ३१ सम्ममा ५६ लाख ८२ हजार ६ सय २७ डोज खोप लगाइएको छ। यस्तै अगस्त १६ सम्म ८२ लाख ७ हजार डोज खोप लगाइसकिएको छ ।

अगस्टको पछिल्लो १६ दिनमा मात्रै २५ लाख २४हजार ३ सय ७४ डोज खोप लगाएका छन् । जुलाई महिनाको अन्त्य अर्थात् जुलाई ३१ सम्ममा ५६ लाख ८२ हजार ६ सय २७ जनाले खोप लगाएका थिए । सोमबारसम्म खोप लगाउने कुल संख्या ८० लाख ४८ हजार ६ सय ६६ छ ।

प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता नै खोप रहेको बताएका थिए । सरकारको इच्छाशक्तिकै कारण खोप अभियानले गति लिएको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *