काठमाण्डाैं। त्रिभुवन विश्वविधालयले विभिन्न मितिमा सञ्चालन गर्न लागेकाे परिक्षा तत्कालकाे लागि स्थगीत गर्न स्वास्थ्य मन्त्रालयले सिफारिश गरेकाे छ।
काेराेनाकाे जाेखिम बढेकाे भन्दै शैक्षिक संघ संस्था देखि वाैद्धिक बर्गले समेत भाैतिक उपस्थिति भएर गरिने परिक्षा राेक्न दवाव दिएपछि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालय र काेभिड-१९ नियन्त्रण संकट ब्यवस्थापन केन्द्रलाइ सिफारिश गरेकाे छ।
स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले यस्ताे सिफारिश गरिएकाे जानकारी दिएका छन।देशभर कुल ४ लाख विधार्थीकाे परिक्षाकाे तयारीमा रहेका छन।परिक्षा चालु राख्दा यसले काेभिडले भयावह रूप लिने भन्दै यसलाइ राेक्न भन्दै शुक्रवार नै विधार्थीहरूले प्रदर्श्न समेत गरेका थिए।




