शिक्षा / स्वास्थ्य

कोरोनाबाट नेपालमा १० हजारको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर र मृत्युदर दुवै बढ्दै गएको छ । दैनिक २० प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर बढेर अहिले २८ प्रतिशतसम्म पुगेको छ ।


नेपालमा कोरोना संक्रमण पुष्टि भएको १९ महिना पुगेको छ । तर, कोभिडकै कारण मृत्यु भने गत वर्ष जेठमा भएको थियो । १४ महिनाको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या झन्डै १० हजार पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या सात लाख आठ हजार ७९ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ छ । सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ छ । कोरोनाबाट हालसम्म नौ हजार नौ सय ९४ जनाको मृत्यु भएको छ ।


अघिल्लो वर्षको कोरोना लहरमा भन्दा दोस्रो लहरमा मृत्यु हुनेको संख्या बढेको हो । पहिलो लकडाउनको चैतसम्म चार हजारको मृत्यु भएको थियो । तर, यो पाँच महिनाको अवधिमा थप ६ हजारको मृत्यु हुनु सामान्य नभएको चिकित्सकहरूको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *