काठमाण्डाैं।सरकारले दार्चुला घटना छानवीन गरि यसकाे तथ्य पत्ता लगाउन पाच सदस्यीय छानवनीन समिति गठन गरेकाे छ। गत शुक्रवार तुइनबाट नदी तर्दै गर्दा दार्चुलाकाे जयसिह धामी वेपत्ता भएका छन।
तुइन भारतीय सुरक्षावलले काटिदिदा धामी वेपत्ता भएका हुन।यसवारेमा देशभर हंगा भएपछि र राजनीतिक पार्टीहरूले सरकारलाइ तत्काल यसवारेमा धारणा सार्वजनिक गर्न र एक्सन लिन भनेपछि सरकारले यसकाे सत्यतथ्य वुझन पाच सदस्यीय समिति गठन गरेकाे हाे ।समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।
यस समितिलाइ घटनाकाे वारेमा अध्यन गरेर रिपाेर्ट वुझाउन दस दिनकाे समय दिइएकाे छ।




