देश

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकताका लागि भइरहेको प्रयास, अदालतको पछिल्लो फैसला लगायतका बिषयमा छलफल हुने बताइएको छ । बैठकमा माधव नेपाल समूहका नेताहरु नबोलाइएको बताइएको छ ।

आजको बैठकमा माओवादी केन्द्रबाट प्रवेश गरेका नेताहरूबारे के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । पूर्वमाओवादी केन्द्रका नेताहरूले एमालेमा नबस्ने चेतावनी दिन थालेपछि ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *