देश

माधव नेपालले तत्काल नयाँ पार्टी नखोल्ने, सर्वोच्च अदालतको आदेश पर्खिने

काठमाडौं । एमालेबाट निष्कासित गरिएका माधवकुमार नेपालले तत्काल नयाँ दल नखोल्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसलापछि मात्र उनले ठोस निर्णय लिने भएका छन् ।

नयाँ दल खोल्ने वा ओलीसँगै मिलेर जाने भन्नेमा नेपाललाई आफूपक्षीय नेताहरूको चर्को दबाब छ । नेपालले बिहीबार आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिएका छन् । सकेसम्म एमाले एकता कायमै राख्नुपर्ने केहीको सुझाव थियो भने कतिपयले अदालतको फैसलासम्म कुर्न सुझाव दिएका थिए ।

नयाँ दल खोलेर अग्रगामी सोचका कम्युनिस्टहरुबीच एकता गरेर जान सकिने विषय पनि केन्द्रीय सदस्यहरूले उठाएका थिए । केपी ओलीको नेतृत्व रहिरहे कम्युनिस्ट आन्दोलन नै समाप्त हुने विषय झलनाथ खनालको भनाइ थियो । माधव नेपाल भने ओलीसँग मिलेर बस्न नसकिने निष्कर्षमा पुगिसकेको बुझिएको छ । नेपालले र्एमाले एकताका लागि २ जेठ ०७५ को अवस्थामा फर्कनुपर्ने, प्रतिनिधिसभा विघटनको निर्णयबाट पछि हट्नुपर्नेलगायतका सर्तहरु पनि अघि सारेका छन् । तर, केपी ओली भने आफ्नो अडानबाट टसमस देखिएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *