समाचार

बेलायत सरकारले नेपाललाई दियो २६० भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री

काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्डलगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।

ती सामग्री शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।

कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधबमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *