काठमाडौं । एमालेको माधवकुमार नेपाल पक्ष सांसदले सामूहिक राजीनामा नदिने भएका छन् । तर, प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रियामा भने अनुपस्थित हुने निर्णय गरेका छन् ।
सिंहदरबार संसद् सचिवालयमा बसेको एमाले (माधव नेपाल–झलनाथ खनाल समूह) का सांसदको बैठकले सो निर्णय गरेको हो । एमाले नेता भीम रावलले समूहिक राजीनामा नदिने तर मतदानको बेला अनुपस्थित हुने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी गराए ।




