काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ९ सय २८ जना कोरोना संक्रमित थपिएका छन भने ८ सय ८८ संक्रमित कोरोनामुक्त भएका छन । २४ घण्टामा कोरोना संक्रमणका कारण ३५जनाले ज्यान गुमाएका छन ।
१२ हजार ५ सय ९७ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । यसै गरी ९ सय ६३ को एन्टिजेन्ट परिक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ३१ सय १७ जना पुरुष र १७ सय १४ जना महिला संक्रमित छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३५.८९ प्रतिशत महिला र ६४.११ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म २ लाख ८० हजार १६७ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ८८ं.२ प्रतिशत छ । क्वारेन्टाइनमा भने ५९ जना छन ।
गत २४ घण्टाभित्र रिपोर्ट प्राप्त भएका ३५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या ३ हजार २ सय ४६ पुगेको छ । काठमाडौं उपत्यकामा ११४ जना आसीयुमा र ५८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।
नेपालमा आरटी–पीसीआर विधिबाट २४ लाख ५८ हजार ५६५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५१ वटा सरकारी प्रयोगशालाले १५ लाख ५४ हजार ९९६ सय ६६ जनाको परिक्षण गरेका छन भने ३६ वटा निजि प्रयोगशालाले ९ लाख १२ हजार ५६९ जनाको परिक्षण गरेका छन ।
मोरङ, पर्सा,काठमाडौं,भक्तपुर,चिवन,कस्की,दाङ,बाँके,रुपन्देही,सुर्खेत, र कैलाली जल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ ।
उपत्यकामा कति संक्रमित थपिए ?
बिहीबार काठमाडौंमा ११ सय २७ जना कोरोना संक्रमित थपिएका छन ।। ललितपुरमा २५२ र भक्तपुरमा १२८ जनामा कोरोन पुष्टि भएको छ ।




