देश

आज राष्ट्रपतिले भृकुटीमण्डपमा मेलम्ची खानेपानीको औपचारिक उदघाटन गर्ने

काठमाडौं । मेलम्ची खानेपानीको आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्ने भएकी छन् ।

भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

दिउँसो २ बजे राष्ट्रपति भण्डारीले धारा खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुनेछन्।
यसअघि नै चैत १५ गतेदेखि मेलम्चीको पानी सुन्दरीजलबाट काठमाडौं ल्याई वितरण हुँदै आएको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले हाल दैनिक साढे आठ करोड लिटर मेलम्चीको पानी काठमाडौं आइरहेको बताएका छन् ।

काठमाडौंको महांकाल, मीनभवन र खुमलटारको ट्यांकीबाट पानी वितरण भइरहेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि बालाजु वितरण केन्द्रबाट पनि मेलम्चीको पानी वितरण सुरु गरेको छ । आज बालाजु बाइपासको ऐतिहासि २२ धारामा मेलम्चीको पानी खसालिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *