मुख्य समाचार

माओवादी केन्द्र ब्युँतिएपछि आज बोलाइयो पहिलो बैठक, वाईसीएल पनि पुनर्जीवित

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेपछि तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । दुवै पार्टी २० महिनाअघिकै अवस्थामा फर्केका छन् ।

आइतबार सर्वोच्व अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिउँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्न बस्दैछ ।

माओवादी केन्द्रका नेताका अनुसार मंगलबार दिउँसो स्थायी समितिको बैठक बस्न लागेको हो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकले सत्ता समीकरण र पार्टी संरचनाका लागी कार्यक्रम तय गर्ने बताइएको छ ।

एमालेका सबै नेता आफ्नै पार्टीतिर लागे पनि माओवादी केन्द्रबाट प्रधानमन्त्री केपी ओलीको साथमा गएका केही नेता नफर्किने भएपछि उनीहरूलाई के गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । अहिले ओली सरकारमा रहेका कुनै पनि मन्त्री माओवादी केन्द्रतिर नफर्किने बुझिएको छ । सम्भवतः एक दुई दिनभित्रै उनीहरूलाई पार्टीले कारबाही गरेको निर्णय आउन सक्ने बताइन्छ ।

यस्तै, माओवादी केन्द्रको भ्रातृसंगठन वाइसिएल पनि सक्रिय भएको छ । माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि यहि २९ गतेका लागि पदाधिकारी बैठक बोलाएको छ ।
एकता भई बनेको राष्ट्रिय युवा संघका संयोजकसमेत रहेका रामप्रसाद सापकोटा दिपशिखा नै वाईसिएल नेपालका पनि अध्यक्ष थिए । पार्टी पूर्ववत् अवस्थामा फर्किएलगत्तै वाईसिएललाई पनि पुनर्जीवित गरिएको दिपशिखाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *