रिबन

उपचार गर्न दिल्ली उडे बाबुराम, न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नयाँ दिल्ली प्रस्थान गरेका छन् । उपचारको सिलसिलामा उनी आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बाबुरामसँगै उनकी श्रीमती हिसिला यमी र सञ्चार सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्ली गएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली उडेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनी नेपालको दूतावासमा बस्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *