काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।
अदालतको अवहेलनासम्बन्धी परेका मुद्दाको न्यायाधिश डा. मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको हो ।
सर्वोच्चले बाटोको म्याद बाहेक सातदिन भित्र अदालतमा जावफ दिन आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
त्यस्तैगरी, अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।





