रिबन

अमेरिकी राजदूत बेरी बिहानै पुगे माधव नेपाल निवास कोटेश्वर

काठमाडौं । पछिल्लो समय अमेरिकी राजदूत रेन्डी बेरीको सक्रियता निकै बढेको छ । यो एक हप्ताको बीचमा बेरीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले भेटिसकेका छन् ।

अमेरिकामा सत्ता परिवर्तन भएसँगै अमेरिकी सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले उनले नेपाली नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका हुन् ।

यसैक्रममा बुधबार बिहानै राजदूत बेरी नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । राजदूत बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेनको नेपाल प्राथमिकता र नीतिबारे जानकारी गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *