काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्कासन (आईपीओ) आजबाट बिक्री सुरु गरेको गर्दैछ । यो आईपीओ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो मानिन्छ ।
सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् चार लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ ।
आज बिहान १० बजेदेखि आवदेन दिन पाइन्छ । सर्वसाधारणले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन् । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम दुई करोड कित्तासम्म आवेदन दिन सकिन्छ ।
इन्फ्रास्ट्रक्चर बैंकमा आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । बैंकको मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । आवेदन दिनले कम्तीमा ३० कित्ता सेयर पाउने बताइएको छ ।
अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।




