रिबन

गगन थापा भन्छन्, ओलीको कदमले नेकपालाई दिएको वैधता समाप्त

काठमाडौं । प्रधानमन्त्री केपीस् ओलीले संसद् विघटनको सिफारिस गर्ने निर्णयप्रति सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश नेताले विरोध गरेका छन् । सबैले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताएका छन् ।

यसैक्रममा कांग्रेस युवा नेता गगन थापाले ओलीको कदमले तीन वर्षअघि जनताले दिएको मतादेश समाप्त भएको टिप्पणी गरेका छन् । थापाले बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘संविधान निर्माण गर्दा पाँच वर्ष संसद् चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।

प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै, तर जे ब्याख्या भए पनि तीन वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।’

यसैबीच, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको प्रदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *