काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पदको लोभ देखाउन कुनै कसर बाँकी नराख्ने नीति लिएका छन् । कुनै पनि कोणबाट आफू पार्टीभित्र अल्पमतमा परेपछि ओलीले वामदेव नै एक मात्र त्राण हुन् । त्यो पनि वामदेव जस्ता पदको लोभलाचलले हो ।
यसअघि पनि ओलीले वामदेवलाई पाँचपटकसम्म प्रधानमन्त्री पदको अफर गरेकै हुन् । तर, त्यो अफर अफरमै सीमित भएको छ । वामदेवलाई प्रधानमन्त्री बनाउन ओली एक्लैले सक्ने विषय पनि होइन । तर, उनले पदको लोभ देखाउन छाडेका छैनन् ।
प्रधानमन्त्री ओलीले आफूलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेपछि गौतमले गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा सुझाब लिएका थिए । तर यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।
ओलीले अध्यक्ष पद दिँदैमा प्रचण्ड र माधवकुमार नेपालहरूले स्वीकार्छन् भन्ने पनि छैन । ओलीले बरु अध्यक्ष पद छाड्ने तर प्रधानमन्त्री पद नछाड्ने नीतिअनुसार वामदेवलाई अध्यक्षको चारो फालेका हुन् । ओलीको यो रणनीति प्रचण्ड नेपाल समूहले नबुझेका होइनन् । सोही कारण पनि वामदेव अघि बढ्न डराएका हुन् ।
यदि अहिले ओलीले भनेको मानेर अघि बढेमा केही समयपछि नै महाधिवेशन हुने र सो महाधिवेशनमा वामदेवले घुँडा टेक्ने निश्चित छ । त्यसपछि हुने आमनिर्वाचनमा वामदेवको हैसियत अघिल्लो निर्वाचनकै जस्तो रुझेको बिरालो बन्ने नेताहरु बताउँछन् ।




