रिबन

संवैधानिक परिषद् बैठक स्थगित, मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।

बालुवाटारमा संवैधानिक परिषदको बैठक सम्पन्न भएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी ओलीले आजै बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको परिषद् बैठकमा प्रधानमन्त्री ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मुख्यसचिव शंकरदास बैरागी सहभागी थिए ।

परिषद् बैठकमा गणपूरक संख्या नपुगेकाले ठोस निर्णय नभएको बताइन्छ । काेरम नपुगेर पुन: वेलुका ५ वजे बस्ने गरी वैठक स्थगित भएकाे छ । तर, अहिलेसम्म सरकारले केही सार्वजनिक गरेको छैन । स्रोतका अनुसार गणपूरक संख्या नपुगे पनि परिषद् बैठकको निर्णयअनुसार प्रमुख संवैधानिक अंगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *