कला/साहित्य

कटौता

१,
आँखा उस्तै छ
मन अझै गाढियो
शरीर त गलेको ।
२,
गहिरो दीयो
आँसु झार्दै बालेको
तेल पोखिँदै सक्दा ।
३,
मायाको त्यान्द्रो
अल्झिँदा चिप्लिएछ
गहिरो कालो नाली ।
४,
राम्रो सपना
हावाले हल्लाएछ
झुण्डेको काँचो आँप ।
५,
पहेँलो छाना
चिप्लो खुट्टा चिप्लिँदा
तर्सेको सेतो छाया ।
६,
सपना देखेँ
लोटाभरिको पानी
खन्याउँदा भिजेको ।
७,
हँसिलो आँखा
बुढो भइसकेछ
झर्न खोजेको बैँस ।
८,
सेतो कपाल
झ्याल खोल्दा उज्यालो
सम्झिँदा आफ्नै आँसु ।
९,
बुढी भइछ्यौ
माया मरेको छैन
बैँसको झझल्को रे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *