रिबन

बिजेपीका विदेश विभाग प्रमुख चौथाइवाले सुटुक्क बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपामा विवाद उत्कर्षमा पुगिरहेका बेला भारतबाट नेता तथा कूटनीतिकको बालुवाटार आउजाउ तीव्र बनेको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन शृंघलापति भारतीय जनता पार्टीका उच्च तहका नेता बालुवाटार पुगेका छन् ।

नयाँ दिल्लीबाट बिहीबार बिहान काठमाडौं आएलगत्तै बीजेपी विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग बालुवाटारमा गोप्य भेटवार्ता गरेका छन् ।

यसअघि भारतीय नेता काठमाडौं आउने गरेको पहिल्यै जानकारी हुन्थ्यो । तर, केही समययता त्यसलाई गोप्य राखिएको छ । भारतसँगको सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री ओलीले बीजेपीसँग सम्बन्ध बढाइरहेका छन् । चौथाइवालेले नेपालका प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण भेटवार्ता भएको जानकारी दिएका छन् । नेकपा महासचिव पौडेलको निमन्त्रणामा आफू काठमाडौं आएको चौथाइवालेले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *