रिबन

ओलीको बहिष्कारपछि आजको नेकपा सचिवालय बैठक अन्योलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बोलाइएको सचिवालय बैठक अन्योलमा परेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले बहिष्कार गरेपछि सचिवालय बैठक अन्योलमा परेको हो ।

मंगलबारको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहाल प्रचण्डबीच बाझाबाझको अवस्था सृजना भएको, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले प्रचण्डलाई साथ दिएपछि ओली निकै अप्ठेरोमा परेका छन् ।

ओलीले अब बैठकको औचित्य नै नरहेको भन्दै आज उपस्थित नहुने बताएका छन् ।
मंगलबारको बैठकमा प्रचण्डले दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताएलगत्तै ओलीले हस्तक्षेप गरेका थिए ।

ओलीबाहेक सबै नेताले प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै आपत्ति जनाउँदै दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक बनेका छन् ।

नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताएका थिए । रामबहादुर थापा बादल, र्इश्वर पोखरेलले पनि छलफल गर्नुपर्ने धारणा राखेका थिए । तर, महासचिव विष्णु पौडेल बोलेनन् । यस अर्थमा अब ओली सचिवालयमा एक्लो परेका छन् । बैठक बुधबार पुनः १ बजेका लागि बोलाइएको छ । तर, बैठक कहाँ बस्ने भन्नेबारे अन्योल छ । बैठकका विषयमा प्रचण्ड समूह आन्तरिक छलफलमा जुटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *