काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाको आन्तरिक शक्ति संघर्षमा बाबुराम भट्टराईको रहस्यमय प्रवेश र सक्रियता भएको आरोप लगाएका छन् । बाबुरामको प्रवेशले धोबीघाट गठबन्धनका सूत्राधार नारायणकाजी श्रेष्ठ मात्र होइन, आफू पनि खुसी भएको उनले बताएका छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आलोचना र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सपोर्ट गरिरहेका छन् । सोही कारण नेता बास्कोटाले बाबुरामको खुला प्रवेश भएको आरोप लगाएका हुन् । बाबुरामले कुनै पनि हालतमा ओलीलाई हटाउनुपर्ने भन्दै लबिङ गर्दै आइरहेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘नेकपाको आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डाड्ड बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।अब पोल्टो र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेरौ के हुन्छ।’




