मुख्य समाचार

काठमाडौंंका सडकमा चिनियाँ र भारतीय जासुसको समानान्तर निगरानी

काठमाडौं । विना कुनै लामो तयारी चिनियाँ रक्षामन्त्री वेई फिङ्ह नेपालको औपचारिक भ्रमणमा आउने तय भएपछि रमजधानीका सडकमा चिनियाँ जासुसहरुको तैनाथ भएका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार राजधानीमा चिनियाँ जासुस र भारतीय जासुसहरुको समानान्तर निगरानी बढिरहेको छ ।

चीनका रक्षामन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएलगत्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मुख्यसचिव शंकरदास बैरागीसँग आकस्मिक भेट गरी चीनसँग हुनसक्ने सम्भावित कुराकानीबारे चासो राखेका थिए ।

चीनका रक्षामन्त्री नोभेम्बर २९ मा नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउने विषयमा सत्तारुढ दलभित्रै विवाद चलिरहेका बेला भारतीय विदेश सचिव हर्षबद्र्धन शृंगला र चिनियाँ रक्षामन्त्री नेपाल आउँदैछन् ।

नेपाली जनता चीन र उसका नेता नेपाल आएको मन पराउँदैनन् भन्ने सन्देश कुनै न कुनै हिसावले दिने तयारीमा नेपालस्थित भारतीय दूतावास लागेको जानकारी सुरक्षा निकायलाई आएको सुरक्षा स्रोतले जनाएको बेला चिनियाँ जासुसहरुले पनि भूमिका बढाएका छन् ।

राजधानीका सडकहरुमा चीनको हस्तक्षेपविरुद्ध जुलुस प्रदर्शन, हुम्लामा सीमा अतिक्रमण भएको भन्दै त्यसको प्रचार चिनियाँ रक्षामन्त्री वेईको भ्रमण अवधिहरुमा गराउने भारतीय योजना रहेको व्रिफिङ चिनियाँ दूतावासले गराइरहेको छ । सुरक्षा निकायहरुले भने कुनै मधेशवादी दलको अगुवाइमा राजधानीमा चीनका रक्षामन्त्रीको भ्रमणका समयमा प्रदर्शन गर्ने आंकलन गर्दै आएका थिए ।

चिनियाँ रक्षामन्त्री तहको भ्रमण नेपालका लागि चीनको उच्च तहको भ्रमण हो र यो भ्रमणमा अवरोध आयो भने नेपालका सुरक्षा निकायहरुको असक्षमता देखिन्छ भन्ने ठम्याइँमा सुरक्षा निकायहरु छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *