रिबन

ओलीलाई झुकाउने रणनीति तय गर्न पाँच नेता खुमलटारमा

कठमाडौं । प्रधानमन्त्री एवं नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी झुकाउने रणनीति तय गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता खुमलटारमा जुटेका छन् ।

प्रचण्डपक्षीय नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बैठक राख्न दबाब दिनेबारे आपसी छलफलमा उनीहरु जुटेका हुन् । अध्यक्ष ओलीसँग तत्काल पार्टी कमिटीको बैठक बोलाउन माग गर्दै आइतबार प्रचण्डसहितका पाँच शीर्ष नेताले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए ।सोहि पक्षका नेताहरुले सोमबार साँझ आपसी छलफल गरेका हुन्।

दुई दिनभित्र पार्टी बैठक बोलाउन माग गर्दै शनिबार उनीहरुले पत्र बुझाएका थिए । सो समयसीमा पनि सकिएपछि आगामी रणनीति बनाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु खुमलटारमा छलफलमा जुटेका हुन् । पार्टीभित्र देखिएको विवाद समाधानको लागि तत्काल बैठक बोलाउन माग गर्दै बहुमत सचिवालय सदस्यले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पृष्ठ लामो पत्र बुझाएका थिए । एक नेताका अनुसार पत्रमा दुई दिनभित्र बैठक बोलाउनु पर्ने कुरा उल्लेख नगरी तत्काल भन्ने शब्द राखिएको छ तर नेताहरुबीच मौखिक रुपमा दुई दिनभित्र बैठक बोलाउन आग्रह गरिएको थियो ।

सोमबार विहान महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका थिए । भेटका अवसरमा ओलीले स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर जाने सन्देश दिएका थिए

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *